सूर्या लाइफले प्रतिमहिना १२ सयमा १ करोडको बीमा गरिदिने
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले मासिक १२ सय रुपैयाँ तिर्दा १ करोड रुपैयाँ बराबरको बीमा गरिदिने भएको छ । बीमाको आधारभूत सिद्धान्तबाट अभिप्रेरित भइ न्यूनतम बीमा शुल्कमा सरल र सुलभ बीमा सम्पूर्ण वर्गको पहुँचमा होस् भन्ने नौलो सोच सहित ‘सूर्या सुरक्षा कवज’ बीमा योजना ल्याइएको सो कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यो योजना आज (फागुन १६) देखि नै लागू गरिएको छ ।
हाल आर्थिक क्षेत्रमा आएको मन्दी तथा कोरना भाइरसका कारण जनजीवनमा देखिएको त्रासका कारण समेत जीवनको रक्षावरण गर्न अपरिहार्य रहेकाले सूर्या सूरक्षा कवज लोकप्रिय हुने कम्पनीको दाबी छ । बीमा गर्दा ठूलो धनराशी आवश्यक पर्ने भ्रम जनमानसमा रहेको अवस्थामा यो जीवनबीमा योजनाले बीमालाई हेर्न दृस्टिकोणमा सकरात्मक प्रभाव पर्ने र बीमाको दायरा फराकिलो बनाउनमा सहयोग गर्ने विश्वास लिइएको कम्पनीले जनाएको छ ।
१८ वर्षको उमेर समूहले १ करोड रुपैयाँको बीमाङ्कमा वार्षिक १४ हजार ५५० वा मासिक १२ सय रुपैयाँमा नै बीमा गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १८ देखि ६५ वर्षका सबै नागरिक सुरक्षित र जीवनको रक्षावरण होस्‌ भन्ने अवधारणालाई आत्मसात गरी सम्भवत: नेपालको बीमा बजारमा सबैभन्दा न्यून बीमा शुल्कमा यो जीवन बीमा प्रचलनमा ल्याइएको हो । सूर्या सूरक्षा कवज न्यूनतम १ लाखदेखि आयस्रोतको आधारमा जति पनि गर्न सकिनेछ ।
जोखिम बहनका साथै अतिरिक्त क्रिया खर्च सहितको सुविधा भएको यो योजनालाई अन्य योजनाहरूसँग समिश्रण गरी थप जोखिम बहन हुने गरी लिन सकिने सो कम्पनीले जनाएको छ । १ देखि ३० वर्षसम्म बीमा अवधि भएको यो जीवन बीमा योजनामा बीमितको इच्छानुसार एकल भुक्तानी वा वार्षिक, अर्धवार्षिक, त्रैमासिक तथा मासिक किस्तामा बीमा शुल्क रकम बुझाउन सकिने व्यवस्था छ । बीमा शुल्क भने उमेर र अवधिको आधारमा फरक पर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व मुख्यसचिव जोडिएको अन्तःशुल्क भ्रष्टाचारमा सजाय निर्धारण
-
एनपीएल खेल्न आइपुगे न्युजिल्याण्डका प्रभावशाली खेलाडी मार्टिन गप्टिल
-
सफल विद्यार्थी कसरी बन्ने ?
-
महेन्द्रनारायण निधि विपन्न आवास योजनामा अनियमितता
-
उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षमा जनमत सङ्ग्रह : प्रचण्ड
-
सुदूरपश्चिम रोयल्सको ट्राभल पार्टनरमा राइका