जाल्पा लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
सोमबार, १६ फागुन २०७८, १९ : ५४

जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । सेयर रजिष्ट्रारसम्बन्धी कार्य गर्न लघुवित्त र क्यापिटलबीच सम्झौता भएको हो ।
सम्झौतामा जाल्पा लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) विमला योगी र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक बासु थपलियाले हस्ताक्षर गरेका हुन्‌ । सम्झौता २०७८ फागुन १३ गतेदेखि लागू हुने प्रभु क्यापिटलले जानकारी दिएको छ ।
सेयर राजिष्ट्रारको रूपमा प्रभु क्यापिटलले जाल्पा लघुवित्तको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवम्‌ सेयरधनीहरूको लगत अद्यावधिक लगायत काम गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'जुन देश गरिब हुन्छ त्यस देशका नेताहरू सजिलै बिक्री हुन्छन्'
-
ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब बजेट
-
एक्मीका विद्यार्थीलाई अन्यत्र सारियो, कलेजलाई कारबाही गर्न हुँदैछ आनाकानी
-
‘सर्माइ भागेर’ मा ‘दर्पण छाया २’ जोडी पुष्प र सहारा
-
‘आउटलः दफा २१९’को एक्सनले उठाउला सुशीलको करियर ?
-
भोजपुरमा ‘अकबरे खुर्सानी प्रशोधनको केन्द्र’ स्थापना गरिँदै