काँग्रेस कैलालीको सभापतिका लागि पुनः मतदान हुने
सोमबार, १६ फागुन २०७८, १९ : ४९
नेपाली कांग्रेस कैलालीको सभापतिका लागि पुनः मतदान हुने भएको छ । जारी १४औँ अधिवेशनमा सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः मतदान हुने भएको हो । आइतबार सम्पन्न निर्वाचनको आज गरिएको मतगणनामा सभापतिका प्रत्यासी प्रकाश बमले एक हजार १६९, नारायण भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले जानकारी दिए । दोस्रो चरणमा बम र भट्टबीच प्रतिस्पर्धा हुने बताइएको छ । सभापतिका लागि पूर्वउपसभापति भट्ट, निवर्तमान उपसभापति बम र कलेलले आआफ्नो छुट्टाछुट्टै समूहसहित उम्मेदारी दिएका थिए । मतदानका क्रममा ४८ मत बदर भएको थियो ।
सचिव पदमा भने नृपबहादुर सुनार, अमृत बिसी र केशव मिश्रले उम्मेदवारी दिएका छन्। दुई हजार ५७६ मतदाता रहेकामा दुई हजार ४८६ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु