बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

किशोरी हत्याको कसुरमा ३६ वर्ष कैद सजायको फैसला

सोमबार, १६ फागुन २०७८, १९ : ४६
सोमबार, १६ फागुन २०७८

ताप्लेजुङमा करणीपछि किशोरीको हत्या गरेको कसुरमा दोषी ठहर गर्दै अदालतले एक युवकलाई छत्तीस वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतले पाँच महिना अघि भीरबाट लडाएर किशोरीको हत्या गरेको कसुरमा पक्राउ परेका फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका २४ वर्षीय रामकुमार कार्कीलाई उक्त सजाय सुनाएको हो । जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतको एकल इजलासले कर्तव्य ज्यान मुद्दामा २५ वर्ष र करणी कसुरमा ११ वर्ष कैदको फैसला गरेको हो । 

जिल्ला अदालतका इजलास सहायक निमाछिरिङ शेर्पाका अनुसार पीडकबाट पीडित पक्षलाई रु तीन लाख क्षतिपूर्ति भराउन आदेश भएको छ । कार्कीले फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम घर भई सदरमुकाम फुङ्लिङमा डेरा गरी बस्ने १८ वर्षीया पुष्पा तबेबुङ लिम्बूको गत असोज ८ गते करणीपछि हत्या गरेको अदालतले ठह¥याएको छ । भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ की छात्रा लिम्बूलाई फुङ्लिङ नगरपालिका–७ दोखुको सेती चौतारा नजिक निगाले भीरमा पु¥याएर सुरुमा जबरजस्ती करणी गरी भीरमा धकेली हत्या गरेको कसुरमा कार्की विरुद्ध प्रहरीले मुद्दा चलाएको थियो ।

आफूहरुबीच आठ÷नौ महिनादेखि प्रेम सम्बन्धसँगै शारीरिक सम्बन्धसमेत रहेको र विवाहको प्रसङ्गमा विवाद भएपछि सुरुमा करणी गरेको र त्यसपछि भीरमा धकेलेर लडाएको साथै विषसमेत खुवाएर हत्या गरेको कार्कीले प्रहरीसमक्ष बयान दिएका छन् । घटनाको दुई दिनपछि किशोरीको शव निगाले भीरमा फेला परेको थियो । किशोरीको आफन्तले दिएको किटानी जाहेरीका आधारमा घटनाको तीन दिनपछि कार्कीलाई पक्राउ गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप