द्वन्द्वका क्रममा जागिर गुमाएका २३३ जना शिक्षकलाई पुनर्बहाली गर्ने मन्त्रिपरिषद्को निर्णय
सोमबार, १६ फागुन २०७८, १८ : ५६
१
![द्वन्द्वका क्रममा जागिर गुमाएका २३३ जना शिक्षकलाई पुनर्बहाली गर्ने मन्त्रिपरिषद्को निर्णय](https://rpcdn.ratopati.com/media/albums/cabinet_deuba_QVnmN2jkGU.jpg)
सरकारले द्वन्द्वका क्रममा जागिर गुमाएका २३३ जना स्थायी शिक्षकलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शिक्षामन्त्री देवेन्द्र पौडेलको प्रस्तावमा द्वन्द्वका क्रममा जागिर गुमाएका शिक्षकहरुलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो ।
पुनर्बहाली हुनुपर्ने भनेर यसअघि सिफरिस गरिएका १८ जनालाई नियुक्ति दिने निर्णय पनि भएको छ । यस्तै ४१ जनालाई निवृत्तिभरण र अन्य सुविधा दिने निर्णय समेत बैठकले गरेको छ ।
यसैगरी अस्थायीतर्फका २८४ जनालाई आर्थिक सहायता प्रदान गर्ने निर्णय पनि भएको एक मन्त्रीले बताए ।