महालक्ष्मी विकास बैंकद्वारा नेपाल मानव धर्म सेवालाई सहयोग
सोमबार, १६ फागुन २०७८, १८ : २४
महालक्ष्मी विकास बैंकले गौसालास्थित नेपाल मानव धर्म सेवा समितिलाई १५५ वटा कुर्सी हस्तान्तरण गरेको छ । पुतलीसडक तथा चाबहिल शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो। महाशिवरात्रिको पूर्वसन्ध्यामा नेपाल मानव धर्म सेवा समितीलाई कुर्सी हस्तान्तरण गरिएको हो । उक्त सहयोग ग्रहण गर्दै मानव धर्मका केन्द्रीय प्रमुख महात्मा चमेली बाइजीले बैंकले गरेको सहयोग प्रति कृतज्ञता व्यक्त गरेकी छन् ।
महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने तिर्थालु तथा भक्तजनहरूलाई विश्राम गर्न सजिलो होस् भन्ने उद्देश्यले उक्त सहयोग गरेको पुतलीसडक शाखा प्रबन्धक निरञ्जन कुईकेलले बताए । बैंकले १०३ शाखाहरु मार्फत वित्तिय सेवा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा मन्त्रालय स्थापनाको ३ वर्षपछि ऐन संशोधनको तयारी
-
आजको राशिफल : कुन राशिका लागि शुभ ?
-
नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
-
वातावरण पत्रकार समूहको अध्यक्षमा कार्की निर्वाचित
-
शुक्लाफाँटा निकुञ्जमा वयस्क पोथी हात्ती मृत फेला
-
मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना