शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंकद्वारा नेपाल मानव धर्म सेवालाई सहयोग

सोमबार, १६ फागुन २०७८, १८ : २४
सोमबार, १६ फागुन २०७८

महालक्ष्मी विकास बैंकले गौसालास्थित नेपाल मानव धर्म सेवा समितिलाई १५५ वटा कुर्सी हस्तान्तरण गरेको छ । पुतलीसडक तथा चाबहिल शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो। महाशिवरात्रिको पूर्वसन्ध्यामा नेपाल मानव धर्म सेवा समितीलाई कुर्सी हस्तान्तरण गरिएको हो । उक्त सहयोग ग्रहण गर्दै मानव धर्मका केन्द्रीय प्रमुख महात्मा चमेली बाइजीले बैंकले गरेको सहयोग प्रति  कृतज्ञता व्यक्त गरेकी छन् । 
महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने तिर्थालु तथा भक्तजनहरूलाई विश्राम गर्न सजिलो होस् भन्ने उद्देश्यले उक्त सहयोग गरेको पुतलीसडक शाखा प्रबन्धक निरञ्जन कुईकेलले बताए । बैंकले १०३ शाखाहरु मार्फत वित्तिय सेवा प्रदान गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप