मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

८० राजनीतिक दल निर्वाचन आयोगमा दर्ता (सूचीसहित)

सोमबार, १६ फागुन २०७८, १७ : ५३
सोमबार, १६ फागुन २०७८

आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् । आयोगले दिएको फागुन १५ गतेभित्रको समयसीमामा ८० राजनीतिक दल आयोगमा दर्ता भएका हुन् । 

स्थानीय तह निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका दलहरुमा जनमत पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशिल पार्टी, नेपाल, नेपाल लोकतान्त्रिक पार्टी,  देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, मौलिक जरोकिलो पार्टी, बहुजन एकता पार्टी नेपाल, वैज्ञानिक समाजवादी पार्टी,  नेपाल सद्भावना पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), तामाङसालिङ लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल, नेपाल समावेशी पार्टी, राष्ट्रिय जनमोर्चा,  राष्ट्रिय विकास पार्टी,  नागरिक उन्मुक्ति पार्टी, खुम्बुवान राष्ट्रिय मोर्चा, नेपाल परिवार दल रहेका छन् । 

यस्तै नेपाल विवेकशील पार्टी, नेपाल संसदीय समाजवादी पार्टी,  सचेत नेपाली पार्टी,  सामाजिक लोकतान्त्रिक पार्टी नेपाल, समाजवादी केन्द्र नेपाल, पिछडावर्ग निषाद दलित जनजाति पार्टी, नेशनलिष्ट पिपल्स पार्टी,  प्रजातान्त्रिक पार्टी नेपाल, आमूल परिवर्तन मसिहा नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय सद्भावना पार्टी, नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्यूनिष्ट पार्टी राष्ट्रवादी, नेपाल कम्यूनिष्ट पार्टी परिवर्तन पनि दर्ता भएको छ । 
यसैगरी  नेपाल कम्यूनिष्ट पार्टी (एमाले), नेपाल कम्यूनिष्ट पार्टी (माक्र्सवादी लेलिनवादी),  इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल,  त्रिमुल नेपाल, नेपाल जनता पार्टी, किराँत खुम्बुवान साझा, माओवादी जनमुक्ति पार्टी नेपाल, समावेशी लोकतान्त्रिक पार्टी,  नेपाः राष्ट्रिय पार्टी, नेपाली कांग्रेस, नेपाल कम्यूनिष्ट पार्टी (समाजवादी), मितेरी पार्टी नेपाल, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल, उन्नत लोकतन्त्र पार्टी, नेपाल दलित पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, साझा पार्टी, नेपाल,  नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक), बहुजन शक्ति पार्टी, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल),नेपाल सुशासन पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल,  राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लाकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहत),  विवेकशील साझा पार्टी, नेपालका लागि नेपाली पार्टी, लोक दल, नेपालआमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, नेपाली कांग्रेस (वी.पी.), राष्ट्रिय समाजवादी पार्टी नेपाल, माओवादी कम्युनिष्ट पार्टी नेपाल,  नेपालवाद, सामाजिक एकता पार्टी, जनसमाजवादी पार्टी नेपाल, राष्ट्रिय मुक्ति आन्दोलन, जनजागरण पार्टी नेपाल, जनता समाजवादी पार्टी, नेपाल, बहुजन समाज पार्टी नेपाल र नेपाल कम्यूनिष्ट पार्टी दर्ता भएका छन् । 

आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा नेपाःराष्ट्रिय पार्टीसमेत दर्ता गर्ने निर्णय भएको छ । सो राजनीतिक दलको दल दर्ता खारेज भएकोमा त्यसविरुद्ध सर्वोच्च अदालतबाट अन्तरिम आदेश समेत भएकाले हाललाई अन्तरिम आदेश परिपालना गर्ने प्रयोजनको लागि नेपाःराष्ट्रिय पार्टी दर्ता कायम गर्ने निर्णय भएको आयोगको भनाइ छ । यससँगै आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलहरुको संख्या १११ पुगेको छ ।  

यसैगरी स्थानीय तह निर्वाचनको लागि आवश्यक मतपत्र छपाइ गर्न कागज खरिदका लागि भएको बोलपत्र बमोजिम न्यूनतम कबोल गर्ने सप्लायर्ससँग खरिद सम्झौता सम्पन्न भएको पनि आयोगले जनाएको छ।    यस्तै स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्रमा आवश्यक हुने विभिन्न सामग्रीहरु मध्ये प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूबाट खरिद गरिने १५ प्रकारका सामग्रीहरुको खरिद व्यवस्थापन गर्न सम्बन्धित सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरुलाई निर्देशन दिइएको पनि आयोगले जनाएको छ । 

यसैगरी स्थानीय तह निर्वाचनमा खटिने निर्वाचन अधिकृतहरुको नामावली सम्बन्धित निकायबाट प्राप्त भएको बताउँदै आयोगले ती नामावलीहरु हाल अध्ययनको क्रममा रहेको जानकारी दिएको छ । 

यसैगरी निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न आवश्यक व्यवस्था गर्न सरकारलाई पत्र पठाउने निर्णय गरेको पनि आयोगले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप