यूएई प्रवेश गर्न अब पीसीआर रिपोर्ट नचाहिने

संयुक्त अरब इमिरेट्स (यूएई) प्रवेश गर्न अब पीसीआर रिपोर्ट नचाहिने भएको छ। यूएईको आपतकालिन,संकट तथा विपद व्यवस्थापनका लागि राष्ट्रिय प्राधिकरणले बताए अनुसार यूएई प्रवेश गर्ने यात्रुले आफ्नो यात्राअघि पीसीआर परीक्षण पेश गर्नु नपर्ने भएको हो। तर पीसीआर रिपोर्टको अलवा यात्रुहरूले क्यूआर कोडसहितको स्वीकृत प्राप्त कोभिडविरुद्धको खोप लगाएको प्रमाण पत्र भने पेश गर्नु पर्नेछ।
खोप नलगाएका व्यक्तिहरूको हकमा भने यात्राको ४८ घण्टा अगाडि पीसीआर रिपोर्ट हुनु पर्ने छ। खोप नलगाएका व्यक्तिहरूले यात्राको मितिदेखि एक महिना भित्र कोभिड संक्रमणबाट निको भएको क्यूआर कोड प्रणाली सहितको प्रमाणपत्र पनि पेश गर्नु सक्नेछन्।
यस्तै,यूएईले आज अर्थात् २८ फेब्रुअरी देखि खुला ठाउँमा मास्क लगाउनु पर्ने बाध्यात्मक नियमलाई पनि ऐच्छिक बनाएको छ। यूएईको आपतकालीन, संकट तथा प्रकोप व्यवस्थापनका लागि राष्ट्रिय प्राधिकरणले गत शुक्रबार घोषणा गरेअनुसार खुला ठाउँहरूमा यात्रा गर्दा मास्क लगाउनुपर्ने नियमलाई आजबाट ऐच्छिक बनाइएको हो।
यो सँगै यहाँको आर्थिक र पर्यटकीय स्थलमा लगाइएको सामाजिक दूरी सम्बन्धी मापदण्डहरु पनि खारेज गरिएको छ। यद्यपि, बन्द ठाउँ (सपिङ महल, सार्वजनिक ठाँउ, यातायात) मा भने मास्कको प्रयोगलाई अनिवार्य गरिएको छ।
यसै अनुरुप अन्य इमिरेट्सहरुबाट आबुधावी प्रवेश गर्न पीसीआर रिपोर्ट नचाइने र पीसीआर परीक्षणको अवधि निर्धारण गर्न स्वतन्त्रता दिएको बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख २ गते बोडेका २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना