बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

स्टार अस्पतालमा डाक्टर भेट्ने समय अनलाइनबाटै लिन सकिने

सोमबार, १६ फागुन २०७८, १७ : १८
सोमबार, १६ फागुन २०७८

सानेपास्थित स्टार अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट सेवा शुरू भएको छ । इ-सेवा र कोजेन्ट हेल्थको सहकार्यमा शुरू भएको इ–अपोइन्टमेन्ट प्लेटफर्ममा स्टार अस्पताल आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवा सुरू भएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार अब डाक्टरसँगको परामर्शका लागि अपोइन्टमेन्ट बुकिङ तथा भुक्तानी इ-सेवा मोबाइल एप्लिकेशनमार्फत गर्न सकिनेछ ।

इ-सेवा मोबाइल वालेटभित्र हेल्थ सेक्सनमा गइ स्टार अस्पताल छनोट गरी आफूलाई सहज हुने मिति र समय छनोट गरी डाक्टरको अपोइन्टमेन्ट बुक गर्न र डिजिटल रूपमा तत्काल भुक्तानी गर्न सकिने र अपोइन्टमेन्ट प्रणालीले बिरामीलाई लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्ति दिने अस्पतालले जनाएको छ । यो सेवाले ओपीडी सेवाहरू चुस्त बनाउने र बिरामीहरूको सन्तुष्टि बढाउने अपेक्षा अस्पतालले लिएको छ ।

कोजेन्ट हेल्थ र इ-सेवाले अस्पतालहरूमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दो छ । ​कोजेन्ट हेल्थ स्वास्थ्य सूचना प्रविधि क्षेत्रको प्रवर्द्धनात्मक कम्पनी हो । यसले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटलाइज गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप