मुक्तिनाथ विकास बैंकद्वारा बालबालिका पार्क निर्माणमा सहयोग
मुक्तिनाथ विकास बैंकले भक्तपुर लोकन्थलीस्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माणका लागि मनोरम नगर समाजलाई सहयोग गरेको छ । बैंकले मनोरम नगर समाजलाई एक कार्यक्रमबीच चेक हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा बैंकका तर्फबाट मार्केटिङ प्रमुख वसन्त वक्शी, काठमाडौं उप—क्षेत्रीय प्रमख ज्योतिप्रकाश अर्याल, लोकन्थली शाखाका प्रबन्धक सुरज गौतम र अन्य कर्मचारीहरू उपस्थित थिए । साथै, मनोरमको तर्फबाट अध्यक्ष विश्ववन्धु गौतमलगायत उपस्थित थिए ।
यस सहयोगबाट पार्क निमार्णको कार्य सम्पन्न ,वृक्षारोपण तथा सम्भार गर्न मद्दत पुग्ने र पार्कका आउने व्यक्तिहरूलाई एक सम्पन्न पार्कमा आराम गर्न वातावरण मिल्ने विश्वास लिइएको बैंकले जनाएको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ-संस्थाहरूलाई सहयोग गर्दै आएको छ ।
बैंकले पछिल्लो समय डिजिटल कारोबारलाई प्रोत्साहन गर्न एटीएम कार्ड प्रयोग गरी नेपालभर भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई बुद्ध एयरको विमानमार्फत काठमाडौँ ल्याइँदै
-
पूर्व मुख्यसचिव जोडिएको अन्तःशुल्क भ्रष्टाचारमा सजाय निर्धारण
-
एनपीएल खेल्न आइपुगे न्युजिल्याण्डका प्रभावशाली खेलाडी मार्टिन गप्टिल
-
सफल विद्यार्थी कसरी बन्ने ?
-
महेन्द्रनारायण निधि विपन्न आवास योजनामा अनियमितता
-
उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षमा जनमत सङ्ग्रह : प्रचण्ड