शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकद्वारा बालबालिका पार्क निर्माणमा सहयोग

सोमबार, १६ फागुन २०७८, १७ : १०
सोमबार, १६ फागुन २०७८

मुक्तिनाथ विकास बैंकले भक्तपुर लोकन्थलीस्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माणका लागि मनोरम नगर समाजलाई सहयोग गरेको छ । बैंकले मनोरम नगर समाजलाई एक कार्यक्रमबीच चेक हस्तान्तरण गरेको हो । 

उक्त कार्यक्रममा बैंकका तर्फबाट मार्केटिङ प्रमुख वसन्त वक्शी, काठमाडौं उप—क्षेत्रीय प्रमख ज्योतिप्रकाश अर्याल, लोकन्थली शाखाका प्रबन्धक सुरज गौतम र अन्य कर्मचारीहरू उपस्थित थिए । साथै, मनोरमको तर्फबाट अध्यक्ष विश्ववन्धु गौतमलगायत उपस्थित थिए ।

यस सहयोगबाट पार्क निमार्णको कार्य सम्पन्न ,वृक्षारोपण तथा सम्भार गर्न मद्दत पुग्ने र पार्कका आउने व्यक्तिहरूलाई एक सम्पन्न पार्कमा आराम गर्न वातावरण मिल्ने विश्वास लिइएको बैंकले जनाएको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ-संस्थाहरूलाई सहयोग गर्दै आएको छ ।

बैंकले पछिल्लो समय डिजिटल कारोबारलाई प्रोत्साहन गर्न एटीएम कार्ड प्रयोग गरी नेपालभर भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप