आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

युक्रेनको दाबी : हालसम्म ५००० रुसी सैनिक मारिए

सोमबार, १६ फागुन २०७८, १६ : ३१
सोमबार, १६ फागुन २०७८

युक्रेनका रक्षा मन्त्रालयले उसको सेनाले हालसम्म ५ हजार रुसी सैनिकलाई मारेको जानकारी दिएको छ ।

युक्रेनी अधिकारीले फेसबुक पोस्टमार्फत् पछिल्लो चार दिनको लडाईंमा ५ हजार ३ सय रुसी सैनिकलाई मारेको जानकारी दिए ।

रुसका १९१ ट्याङ्कर, २९ लडाकू विमान, २९ हेलिकोप्टर र सैनिक ओसारपसार गर्ने ८१६ हतियारधारी गाडी ध्वस्त पारिदिएको युक्रेनी अधिकारीले दाबी गरेका छन् ।

यद्यपि, बीबीसी युक्रेनले यो दाबीको स्वतन्त्र रुपमा पुष्टि गर्न नसकेको बताएको छ । तर बेलायतको रक्षा मन्त्रालयलाई विश्वास गर्ने हो भने सुरुवाती लडाईंमा रुसलाई भारी क्षती भएको छ ।

यसअघि रुसी रक्षा मन्त्रालयले आफ्नो सेनामाथि भारी क्षती पुगेको स्वीकार गरेको थियो । यद्यपि, अधिकारीले क्षतीको सटिक आँकडा भने जारी गरेको छैन ।

यसैबीच संयुक्त राष्ट्रको पर्यवेक्षकका अनुसार सुरुवाती लडाईंमा ९४ नागरिकको मृत्यु भएको छ ।

उनले आफ्नो बयानमा हमलाका कारण भीषण मानवीय क्षती भएको बताएको छ । मृत्यु हुनेको संख्या योभन्दा पनि बढी हुनसक्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप