बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

सिद्धार्थ इन्स्योरेन्सबाट दाबी भुक्तानी हस्तान्तरण

सोमबार, १६ फागुन २०७८, १६ : २८
सोमबार, १६ फागुन २०७८

सिद्धार्थ इन्स्योरेन्सले आगलागीबाट भएको क्षति बापतको बीमा रकम २ करोड ६० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । सोलखुम्बुको खुम्बु पासाङ्गल्हामु गाउँ पालिकास्थित पिसफुल गेष्ट हाउसमा असोज २ गते आगलागीबाट भएको क्षती बापतको बीमा रकमको चेक प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले होटल सञ्चालक कुसाङ शेर्पालाई हस्तान्तरण गरेका हुन् । 

चालु आर्थिक वर्ष २०७८÷७९ को हालसम्म कम्पनीले ६ हजार ९७ वटा दाबी फर्छयौट भई ७३ करोड ६६ हजार ९७ हजार रुपैयाँ तथा अग्रिम दाबी बापत विभिन्न दाबी कर्ताहरुलाई ८ करोड ५० लाख रुपैयाँ   भुक्तानी गरी जम्मा ८२ करोड १६ लाख ९७ हजार रुपैयाँ भुक्तानी गरेको छ । साथै, फर्छयौट गर्न बाँकी दाबीको संख्या ३ हजार ८४१ (कोरोना दाबी बाहेक) रहेको र सो वापत भुक्तानी गर्नु पर्ने रकम १ अर्ब ४१ करोड ४३ लाख ६४ हजार रहेको छ । 

२०७२ सालको भुकम्पबाट भएको क्षती बापत सल्लेरी र नाम्चे क्षेत्रका बीमितहरुलाई समेत रकम दाबी बापत भुक्तानी भएको छ । छिटो– छरितो दाबी फर्छयौट गर्ने कम्पनीको लक्ष्य अनुरुप बाँकी रहेका दाबी यथाशिघ्र फर्छयौट गर्न बीमितहरुले दाबीसँग सम्बन्धित कागजातहरु सर्भेयर वा कम्पनीमा बुझाई सहयोग गर्न कम्पनीले अनुरोधसमेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप