तरलता अभावबीच पनि रोकेनन् बैंकहरूले कर्जा विस्तार, एक हप्तामै ६ अर्ब वृद्धि

फागुनको दोस्रो हप्ता पनि बैंकिङ क्षेत्रमा निक्षेप संकलनमा खासै सुधार नभएको देखिएको छ । नेपाल बैंकर्स संघले जारी गरेको पछिल्लो रिपोर्टअनुसार फागुन ६ गतेदेखि १३ गतेसम्म २७ वाणिज्य बैंकहरूले जम्माजम्मी एक अर्ब रुपैयाँ निक्षेप बढाउँदै ४३ खर्ब १३ अर्ब रुपैयाँ संकलन गर्न सकेका हुन् । यसअघि अघिल्लो अर्थात् गत माघ २९ गतेदेखि फागुन ६ गतेसम्म बैंकहरूले ४३ खर्ब १२ अर्ब रुपैयाँ संकलन गरेका थिए ।
तर, एक हप्तामा एक अर्ब रुपैयाँमात्र निक्षेप संकलन वृद्धि गर्न सकेका बैंकहरूले सोही अवधिमा कर्जा लगानी भने ६ अर्ब रुपैयाँ बढाएका छन् । २७ वाणिज्य बैंकहरूले अघिल्लो हप्ता अर्थात् गत फागुन २९ गतेदेखि फागुन ६ गतेसम्म ४ अर्बले वृद्धि गर्दै ४१ खर्ब ५९ अर्ब रुपैयाँ लगानी गरेका थिए ।
पछिल्लो हप्ता अर्थात् फागुन ६ गतेदेखि १३ गतेसम्म थप ६ अर्बले बढाउँदै कुल ४१ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यसले तरलता अभावबीच पनि बैंकहरूले कर्जा लगानी नरोकेको पुष्टि हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवराज विक हत्या प्रकरण : २३ जनाको जन्मकैद सदर, दुई जनालाई सफाइ
-
६ एआईजीको पदस्थापन, सीआईबीमा चन्द्रकुवेर खापुङ
-
ट्रेलरमा यस्तो देखियो चलचित्र ‘ऊनको स्वीटर’
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर