शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा १ सय ८० जनामा संक्रमण पुष्टि

सोमबार, १६ फागुन २०७८, १६ : ०२
सोमबार, १६ फागुन २०७८

नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा एक सय ८० जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

यस्तै, चार सय जना कोभिडमुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा एक लाख ४१ हजार एक सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने आठ हजार दुई सय ३५ जना सक्रिय संक्रमित रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप