सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

तीन वटा वडा कार्यालय भवन निर्माण

सोमबार, १६ फागुन २०७८, १५ : ५७
सोमबार, १६ फागुन २०७८

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका विभिन्न तीन वटा वडा कार्यालय भवन निर्माण गरिएको छ । जिल्ला समन्वय समिति र गाउँपालिकाको साझेदारीमा दुई करोड नौ लाख ५४ हजारको लागतमा वडा नं ३, ४ र ५ को कार्यालय भवन निर्माण गरिएको हो । 

वडा नं ३ को पाहुँदुरमा ६९ लाख ८८ हजार ७४९, वडा नं ४ को बाँसखर्कमा ६९ लाख ३० हजार ५११ र  वडा नं ५ को झोवाङमा ७० लाख ३५ हजार ५६६ को लागतमा कार्यालय भवन निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।  दुईतले सुविधा सम्पन्न ती पक्की भवन निर्माणका लागि साझेदारी कार्यक्रमअनुसार कूल लागतको ६० प्रतिशत जिल्ला समन्वय समिति र ४० प्रतिशत गाउँपालिकाले व्यहोरेको थियो ।
 
जिल्ला समन्वय समितिका प्रमुख वैनबहादुर अधिकारी क्षेत्रीको नेतृत्वमा गएको एक टोलीले नवनिर्मित भौतिक पूर्वाधार एवं सेवा प्रवाहका बारेमा जानकारी लिएको थियो । उनले जनतालाई छिटोछरितो एवं प्रविधियुक्त सेवा प्रदान गर्न भौतिक पूर्वाधारले पनि  महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । 

टोलीले वडा नं ५ को झोवाङस्थित पर्यटकीयस्थल शीतल गुफामा निर्माण भइरहेको संरचना पनि अवलोकन गरेको थियो । उक्त गुफा परिसरमा २५ लाख ५१ हजार ८९० को लागतमा १०८ गौमुखे धारा निर्माण गरिएको छ । सो कार्यका   लागि  जिल्ला समन्वय समितिले    १७ लाख ८६ हजार ३२३ र बाँकी गाउँपालिकाले व्यहोरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप