रुससँग शान्ति वार्ताका लागि युक्रेनका अधिकारी बेलारुसको सीमा पुगे
सोमबार, १६ फागुन २०७८, १५ : ४०
रुससँग शान्ति वार्ताका लागि युक्रेनका प्रतिनिधिमण्डल युक्रेन–बेलारुसको सीमामा पुगेको युक्रेनको प्राधिकरणले घोषणा गरेको छ ।
प्राधिकरणका अनुसार आफ्नो एजेन्डाको मुख्य उद्देश्य संघर्ष विराम लागू गर्नु हो र युक्रेनी क्षेत्रबाट रुसी सैनिकलाई बाहिर निकाल्नु हो ।
यसअघि यो कुराकानी लजिस्टिक र सुरक्षा मुद्दाका कारण स्थगित गरिएको बताइएको थियो ।
आइबार दिएको बयानमा युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले यो कुराकानीले कुनै प्रगति नुहने बताएका थिए ।
यद्यपि, उनले सानो सम्भावना नै किन नहोस् कोसिस भने गर्नुपर्ने कुरामा जोड दिएका थिए । उनले युक्रेनलाई कसैले युद्ध रोक्न पहल नगरेको भन्ने आरोप नलगाइयोस् भन्ने पनि चाहनाले यस्तो गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु
-
१० बजे १० समाचार : रविबारे अलमलदेखि सुन किन्नेको भिडसम्म
-
भ्रष्टाचारी उम्कन पाउँदैनन् : मन्त्री गुरुङ
-
प्रधानमन्त्री ओली र विप्लवबिच के भयो कुराकानी ?
-
खेलाडीहरू माथि खेलबाड गर्न हुँदैन : मन्त्री महर्जन
-
एजुकेशन प्लानेटलाई दक्षिण एसियाका लागि प्रतिष्ठित ‘टप अफ द टावर’ अवार्ड