पशुपतिनाथमा अनलाइनबाटै पूजा : शुल्क २५५ रुपैयाँदेखि २५ लाखसम्म
पशुपति क्षेत्र विकास कोषले अनलाइन माध्यमबाटै पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने व्यवस्था मिलाउने भएको छ । अनलाइन एप्लिकेशनबाटै बुकिङ गरी कोषलाई पैसा पठाएर विभिन्न प्रकारका पूजा गरिने प्रणाली सञ्चालन गर्न लागिएको हो ।
कोषले विश्वभर छरिएर रहेका हिन्दुधर्मावलम्बीहरुको पशुपतिनाथ प्रतिको आस्था र झुकावलाई मध्यनजर गर्दै विशेष अनलाइन पूजा सेवा सञ्चालन गर्न लागेको जनाएको छ । यो अनलाइन प्रणालीबाट पूजा गर्नका लागि पूजाका प्रकार अनुसार २५५ रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ । एमाले नेता योगेश भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका बेला पशुपतिनाथको ई–पूजा एप्लिकेशनको उद्घाटन भएको र शिवरात्रिपछि यस्तो सेवा उपलब्ध हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका प्रवक्ता रेवतीरमण अधिकारीले केही प्राविधिक कुरा मिलाएपछि छिट्टै पूजा सुरु गर्ने तयारी रहेको रातोपाटीलाई जानकारी दिए ।
यो सेवा मार्फत पशुपतिनाथ मन्दिरमा स्वयं उपस्थित हुन नसक्ने भक्तजनहरूले संसारको जुनसुकै स्थानबाट अनलाइन मार्फत बुकिङ गरेर पशुपतिनाथमा दैनिक रूपमा सञ्चालन हुने पूजा सजिलैसँग गराउन सक्ने कोषको भनाई छ ।
अनलाइनबाट बुकिङ गरिएको पूजाको सम्पूर्ण आवश्यक जानकारी तथा रसिद सम्बन्धित भक्तजनलाई इमेल मार्फत प्रदान गरिने र विशेष पूजाको प्रसाद विश्वको जुनसुकै स्थानमा कुरिएर गर्ने व्यवस्था समेत रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कुन पूजा गर्न कति शुल्क ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बक्स अफिसमा भूल भुलैयाभन्दा बढी कमाउँदै छ यो फिल्म
-
प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैन : माधव नेपाल
-
युक्रेनलाई ब्यालिष्टिक मिसाइल सहयोग गर्दै अमेरिका, रुसका लागि खतरा !
-
कारको दाह संस्कार भन्दै जसले गरे ६ लाख खर्च
-
सुवेदी, कक्षपति र शर्मालाई त्रिमूर्ति पुरस्कार
-
‘एक्टिङ स्टार’ को डिजिटल अडिसनमा ५०० भन्दा बढीको आवेदन