शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

एमसीसी पास गर्न एमालेले पनि सघायो : काँग्रेस

सोमबार, १६ फागुन २०७८, १५ : ३९
सोमबार, १६ फागुन २०७८

नेपाली काँग्रेसले एमसीसी संसदबाट पारित गर्न एमालेले पनि सघाएको बताएका छन् । ‘अन्य मुद्दाका कारण औपचारिकता सहभागिता नभएपनि उहाँहरुको पनि यसमा सहयोग रह्यो’, काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतले सोमबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा भने। 

समग्रमा अपवादबाहेक सबैको सहयोगबाट संसदले एमसीसी परियोजनालाई पारित गरेको उनको भनाइ छ ।  एमसीसीमा रहेको भ्रम र अन्योललाई चिर्ने काम भएको पनि उनले जिकिर गरे ।

उनले गठबन्धनमा सम्मिलित सबै दलको एमसीसीमा सहयोग रहेको भन्दै पार्टीको तर्फबाट धन्यवाद दिए । उनले एमसीसीको सन्दर्भमा एमालेको पनि सकारात्मक दृष्टिकोण रहेकाले सो पार्टीलाई पनि काँग्रेसले धन्यवाद दिए ।

उनले एमसीसीबारे रहेका भ्रमहरु चिर्ने काम भएको भन्दै बाँकी कुनै भ्रम अझै छ भने भने त्यसलाई चिर्न पार्टी लागिपर्ने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप