आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस मकवानपुरको नेतृत्व चयनका लागि मतदान जारी

सोमबार, १६ फागुन २०७८, १५ : ३२
सोमबार, १६ फागुन २०७८

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काँग्रेस मकवानपुरको नयाँ कार्यसमितिको लागि अहिले मतदान जारी रहेको छ । आइतबार बिहानबाट सुरु भएको अधिवेशन अन्तर्गत आज सोमबार बिहान ८ बजेबाट मतदानको कार्यक्रम तय गरिएको थियो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ को चौकीटोल ओरालो डल्फिन चौरमा मतदानका लागि केन्द्र निर्माण गरिएको छ । निर्धारित समयभन्दा ४ घण्टा ढिलोगरी दिउँसो १ बजेबाट मतदान सुरु भएको थियो । मतदानस्थलको व्यवस्थापन र बन्दका कारण मतदान निर्धारित समयभन्दा केही ढिला सुरु भएको निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले जानकारी दिए ।

निर्वाचनमा नेपाली काँग्रेस मकवानपुरका १०२ वटा वडाका वडा सभापति, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति एवम् प्रतिनिधि र बुथ प्रतिनिधिसहित १ हजार ८ सय ५३ जनाले मतदान गर्ने निर्वाचन अधिकृत सुवेदीले बताए ।

मतदान कार्यक्रमका लागि साँझ ५ बजेसम्मको समय निर्धारण गरिए पनि ढिला गरि सुरु भएकाले केही समय थप गरिने उनले बताए । काँग्रेस मकवानपुरको नेतृत्वको लागि सभापति पदमा ३ जनाबीच प्रतिस्पर्धा भइरहेको छ । सभापतिका लागि संस्थापन पक्षका बुद्ध लामा र आनन्दराम पराजुलीको प्यानल चुनावी माहोलमा होमिएका छन् भने संस्थापन इतर पक्षबाट जयराम लामिछानेको प्यानल चुनावी मैदानमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप