एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध
कर्णाली प्रदेशमा नेकपा एमालेले आफैले प्रतिपक्षसँग गरेको लिखित सम्झौतालाई हतियार बनाएर संसद अवरुद्ध गरेको छ । सरकारसँग लिखित धारणा माग गर्दै आजको संसद बैठक अवरुद्ध गरेको हो । प्रतिपक्षी एमाले र सरकारबीच गत माघ १८ गते सात बुँदे सहमति भएको थियो ।
उक्त सहमतिअनुसार प्रतिपक्षले सरकारलाई रचनात्मक सुझाव दिँदै संसद सञ्चालनमा सहयोग गर्नुपर्ने भनिएपनि लिखित धारणा नआएको भन्दै संसद अवरुद्ध गरेको हो । एमाले संसदीय दलका नेता यामलाल कँडेलले सात बुँदेबारे सरकारलाई स्मरण गराए । उनले भने, ‘त्यो सहमति कार्यान्वयनका बारेमा संसद सचिवालयमा केही पनि जानकारी गराईको देखिएन । कुरा एक व्यवहार अनेक थरिका सुनिएका छन् ।’
साथै उनले १८ गते गरेको सम्झौताअनुसार भएको निर्णयअनुसार स्मरण गराउनुपर्ने आवश्यकता ठानिएको भन्दै सरकारलाई ध्यानाकर्षण गराए । सहमतिको सात नम्बर बुँदामा ‘प्रदेशसभामा व्यक्त प्रतिबद्धताको कार्यान्वयनको आवश्यक निर्णय र कार्ययोजना प्रदेश सभालाई जानकारी गराउने उल्लेख छ,’उनले भने,‘त्यो अनुसार सरकारले काम गर्न सक्यो सकेन ? जवाफ खोइ ?’
एमालेले लिखित जवाफ नआएसम्म अवरोध जारी राख्ने बताएको छ । एमालेको अवरोधका कारण सभामुख राजबहादुर शाहीले बैठक स्थगित गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता नगर्ने
-
सर्लाहीबाट लागु औषधसहित ३ जना पक्राउ
-
हिमाली र पहाडी क्षेत्रका जडीबुटी खाएर हुर्किएका भैँसीको मासु गुणस्तरीय हुन्छ : मन्त्री अधिकारी
-
जीबी राईलाई ४ वटा मुद्दा, रविसहित ५० जनालाई ३ वटा मुद्दामा अभियोजन गर्नुपर्ने प्रहरीको राय
-
उस्ताद भनेर बोलाएको नरुचाउने उस्ताद अर्थात् जाकिर हुसैन
-
जसपा नेपालले तय गर्यो अधिवेशनको कार्यतालिका