काँग्रेस कैलालीको मतगणना सुरू
नेपाली कांग्रेस कैलालीको १४ औँ अधिवेशनअन्तर्गत जिल्ला नेतृत्व चयनका लागि आइतबार सम्पन्न निर्वाचनको मतगणना सुरू भएको छ । निर्वाचन समितिका अनुसार दिउँसो साढे दुई बजेदेखि मतगणना सुरु भएको हो । निर्वाचनमा दुई हजार चार सय ८५ जनाले मतदान गरेका थिए । काँग्रेस कैलालीको जिल्ला अधिवेशनका लागि दुई हजार पाँच सय ७६ प्रतिनिधि छनौट भएका थिए ।
काँग्रेस कैलालीको नयाँ नेतृत्वका लागि नारायण भट्ट, प्रकाश बम र रामबहादुर कलेल प्यानलसहित निर्वाचनमा उत्रिएका छन् । पार्टीका निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले पहिलो चरणमै सभापति निर्वाचित हुन नसकेमा १८ फागुनमा दोस्रो चरणमा निर्वाचन गर्ने तयारी भइरहेको बताए । यसअघि सबै मत एउटैमा मिलाएर गणना गर्ने वा क्षेत्रगत रुपमा अलग अलग गणना गर्ने भन्ने विषमा विवाद हुँदा मत गणना हुन सकेको थिए ।
सभापतिका उम्मेदवार नारायणदत्त भट्टले क्षेत्रगत रुपमा मतगणना गरिनुपर्ने माग गरेका थिए भने, बाँकी दुई जना प्रकाश बम र रामबहादुर कलेलले छुट्टाछुट्ट मत गणना गर्न नहुने अडान लिएका दिए । अहिले क्षेत्रगत रुपमा छुट्टाछुट्टै मतगणना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्यातमा देखिएका अड्चनहरू
-
‘अर्ग्यानिक उत्पादनको माग बढी छ’
-
कोशी प्रदेश : कृषिजन्य वस्तुको निर्यात निरन्तरतामै सीमित
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
बागमतीमा बजेटमाथिको विवाद कायमै, सरकारले देखायो ‘आयोजना बैंक’
-
रात्रिकालीन उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ: मन्त्री पाण्डे