दूधको गाडीमा भएको तोडफोडप्रति एशोसिएशनको आपत्ति
बन्दकर्ता दूधको गाडीलाई गरेको तोडफोडप्रति डेरी एशोसिएशन नेपालले आपत्ति जनाउँदै क्षतिपूर्तिको माग गरेको छ । एशोसिएसनका महासचिव प्रह्लाद दाहालले आज एक विज्ञप्ति जारी सो माग गरेका हुन् । दुग्ध क्षेत्र अति अतिआवश्यक वस्तुको सूचीमा रहेको र विगतको बन्द, हड्ताल, कोभिड वा अन्य जुनसुकै अवस्थामा पनि बिना रोकटोक निर्वाद रुपमा सञ्चालन भइरहेको तर यसपटक बन्दकर्ताहरुले दूधको गाडी तोडफोड गरेको उनले बताए ।
आठ राजनीति दलले गरेको बन्दमा काभ्रेको बनेपामा रहेको शुभारम्भ डेरीबाट बिहान दुध ढुवानीमा आउँदा काठमाडौंको सुकेधारामा बन्दकर्ताले गाडी तोडफोड गरिएको उनले बताए ।
दूध तथा दूग्ध पदार्थ ढुवानीमा सहजताका लागि बन्द, हडताल, नाकाबन्दी, लकडाउन जस्ता समयमा सहज होस् भनेर राष्ट्रिय दूग्ध विकास बोर्डको नेतृत्वमा प्रतिक चिन्ह (लोगो) वितरण भएको अवस्थामा पनि यसरी तोडफोड हुनु राजनीतिक दलका लागि पनि शोभनीय नभएको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी