आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अवैध सुनसहित विमानस्थलबाट एक जना पक्राउ

सोमबार, १६ फागुन २०७८, १४ : ४३
सोमबार, १६ फागुन २०७८

अवैध सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ । दोहाबाट कतार एयरवेजको विमानबाट नेपाल आएका  सप्तरीको मौवावेल्हीका ३६  वर्षीय एमडी सौकात अलीलाई प्रहरीले पक्राउ गरेको हो।  

चेकजाँचको क्रममा उनको साथबाट सात लाख अन्ठानब्बे हजार नौ सय त्रिसट्ठीरुपैयाँ बराबरको  बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ । उनीमाथि आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप