बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

काभ्रेपलाञ्चोकमा शान्ति पार्क बन्ने

सोमबार, १६ फागुन २०७८, १४ : ३७
सोमबार, १६ फागुन २०७८

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ पाकुटोलमा शान्ति पार्क निर्माण हुने भएको छ । व्यस्त सहरको नजिकै जंगल छेउमा पार्क निर्माण भएपछि मनलाई शान्त गराउन सकिने र मनोरञ्जन पनि लिन पाइने अपेक्षा गरिएको छ । संघीय सरकार र बनेपा नगरपालिकाको  गरी कूल एक करोड ६५ लाखको लागतमा ठेक्का सम्झौता भई निर्माण सुरु गरिएको पार्कको पूर्वमन्त्री गोकुल बाँस्कोटाले शिलान्यास गरे । 
    
शहरीकरणको चाप र त्यसले दिने तनावबाट मुक्त हुनका लागि शान्ति उद्यान आवश्यक भएको उनले बताए । “विकास भनेको बाटो, खोनपानी, पुल मात्रै होइन उद्यान आनन्द लिन र पार्कमा  सामूहिकरुपमा बसेर आपसमा भावना साटासाट गर्ने थलोको पनि विकास गर्न आवश्यक भएकाले अबको सरकारले त्यसतर्फ पनि योजना बनाएर अगाडि बढ्नुपर्छ,” पूर्वमन्त्री बाँस्कोटाले भने, “मानिस प्रकृतिसँग रम्न चाहने भएकाले  पार्क निर्माण गर्नु अपरिहार्य छ ।”

पहिला बिहानदेखि बेलुकासम्म चराचुरुङ्गीको आवाज सुन्न पाइन्थ्यो तर अहिले गाडीको धुवाँ हर्न र प्रदूषणले सताउने भएकाले वृद्धवृद्धालाई दिक्क लाग्ने र बालबालिकाको पढाइमा पनि असर पार्ने भएकाले मनोरञ्जन लिने यस्ता ठाउँको विकास गर्नुपर्नेमा उनले जोड दिए । 

पार्कका लागि बनेपाको चण्डेश्वरी मन्दिर परिसरदेखि गोसाइस्थानसम्म सिँढी निर्माण अन्तिम चरणमा पुगेको छ । ज्ञानज्योति कौशिल बस्नेत प्रदेज जेभीले ठेक्का लिएको सो पार्क आगामी २०७९ जेठभित्र सक्ने  गरी निर्माण कार्य अघि बढाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप