फोटो सार्वजनिक गर्दै बेलारुसले भन्यो, ‘युक्रेन र रुसबीचको शान्ति वार्ताका लागि स्थान तयार’
बेलारुसले युक्रेन र रुसका प्रतिनिधिमण्डलको वार्ताका लागि स्थान तयार भएको बताएको छ । बेलारुसको यो बयान यस्तो समय आएको हो जब युक्रेनमाथि मस्कोको हमला पाँच दिन भइसकेको छ ।
वार्ताका लागि युक्रेन र बेलारुसको सीमा नजिकै एउटा स्थान तयार पारिएको छ । युक्रेन आफ्नो राजदूतलाई त्यहाँ पठाउनका लागि तयार भएको छ ।
रिपोर्टका अनुसार बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले रुसी आक्रमणमा समावेश हुनका लागि आफू सेना पठाउन तयार भएको बताइसकेका छन् । यति हुँदा हुँदै पनि युक्रेन आफ्नो प्रतिनिधिमण्डललाई वार्ताका लागि पठाउन तयार छ ।
बेलारुसका विदेश मन्त्रालयले सोसल मिडियामा रुस र युक्रेनको झण्डासहित टेबल, कुर्सीको तस्बिर साझा गर्दै लेखेका छन्, ‘रुस र युक्रेनको वार्ताका लागि बेलारुसमा स्थान तयार छ । प्रतिनिधिमण्डल आउँदै छन् ।’
विदेश मन्त्रालयका प्रवक्ता एनातोली ग्लेजले भने, ‘मिटिङ पोइन्टमा प्रतिनिधिमण्डल पुग्ने बित्तिकै वार्ता सुरु हुनेछ ।’
यसैबीच युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले आफूलाई यो वार्ताबाट कुनै परिणाम निस्कने आशा नभएको बताएका छन् ।
उनले भने, ‘सधैँ झैँ मलाई साँच्चै नै यो बैठकको परिणामका लागि आशा छैन, तर उनीहरुलाई कोसिस गर्न भने दिन्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान बाली : क्षेत्रफल घट्दै गए पनि उत्पादन बढ्दो
-
मधेस प्रदेशसभाको चौथो अधिवेशन आजदेखि, दुई वटा कार्यसूची तय
-
भूकम्पपछि चीनद्वारा सगरमाथा अवलोकन क्षेत्र बन्द
-
युक्रेनी सहर कब्जा गरेको रुसको दाबी, के भन्छ युक्रेन ?
-
सार्वजनिक सवारी : भाडा मात्र बढ्छ, सुधारमा छैन ध्यान (तस्बिरहरू)
-
केन्द्रीय समिति बैठककै बिच माओवादी पदाधिकारी बैठक बस्दै