मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

‘रुस–युक्रेन युद्धको प्रभाव एसियामा समेत पर्दैछ’

सोमबार, १६ फागुन २०७८, १३ : ४४
सोमबार, १६ फागुन २०७८

एडमाइरल जेम्स स्टाभरिडिस नेटोका १६ औ सर्वोच्च कमाण्डर थिए । उनी टुुफ्ट युनिभर्सिटीमा फ्लेटचर स्कुल अफ ल एन्ड डिप्लोमेसीका १२ औ डीन समेत हुन् । उनले प्यासिफिकमा संचालन करियरको लामो अवधि समेत बिताएका छन्  र ‘२०३४ः ए नोभेल अफ द नेक्स्ट वल्ड वार’ का लेखक पनि हुन् ।

नेटो सेनाका एक उच्च कमान्डरले रुसले गरेको युक्रेनमाथिको आक्रमणले एसियामा समेत प्रभाव पर्ने दाबी गरेका छन् । उनले दुई देशबीच भएको युद्धले प्रशान्त क्षेत्र तरंगित भएको बताएका छन् । नेटोका १६ औं सर्वोच्च कमाण्डर समेत रहेका एडमाइरल जेम्स स्टाभरिडिसले एउटा लेखमा (पुस्तक) भनेका छन् : ‘भ्लादिमिर पुटिनको नेतृत्वमा छिमेकी मुलुक युक्रेनमा आक्रमण भएपछि प्रशान्त क्षेत्रमा समेत तरंगित भएको छ ।’ उनी ‘२०३४ ए नोभेल अफ द नेक्स्ट वर्ल्ड वार’ नामक पुस्तकका लेखक समेत हुन् ।

उनले पुटिनले थप धक्का दिनगरी संकट ल्याए वा नल्याए पनि युक्रेनको राजधानी किभमा सत्ता परिवर्तनका लागि अचम्म लाग्दो आक्रमण गर्न सक्ने दाबी गरेका छ् । यो आक्रमणमार्फत पुटिनले दक्षिणपूर्वी युक्रेनलाई आफ्नो पक्षमा पार्नका लागि एकिकृत निर्णय गर्न सक्ने समेत उनको भनाई छ । जेम्सले एसियामा यसको महत्वपूर्ण प्रभाव पर्नसक्ने दाबी गरेका छन् ।

उनले चेतावनी दिँदै भनेका छन् : ‘पुटिनले सञ्चालन गरेको यो अवस्थाका कारण अन्य देशले प्रतिबन्ध लगाउँछन र उक्त प्रतिबन्धले रुसी अर्थतन्त्रमाथि विशाल खाडल पार्न सक्छ ।’ यही कारण रुस विश्वव्यापी अन्तरबैंक वित्तीय दुरसञ्चार प्रणालीबाट एक्लिने सम्भावना पनि उत्तिकै रहेको उनले बताएका छन् । उनले भनेका छन् : ‘यो प्रणालीलाई सामान्य रुपमा स्वीफ्ट प्रणाली भनिन्छ । अन्तर्राष्ट्रिय पुँजी बजारमा उसको पहुँचको अवस्थामा प्रतिबन्ध लाग्न सक्छ  । रुसले तेल, ग्यास र वित्तीय कम्पनीमाथि प्रतिबन्धको सामना गर्नुपर्ने अवस्था आउनसक्छ ।’

उनले रुसको यो कदमले  त्यहाँका उच्च तहका सरकारी सल्लाहकारहरूलाई लक्षित गरेर प्रतिबन्ध लाग्न सक्ने अनुमान समेत गरेका छन् । उनले भनेका छ् ः ‘रुसी अधिकारीहरुका अमेरिका, युरोपेली संघ र अन्य प्रजातान्त्रिक मुलुकमा रहेका सम्पत्तिहरु जफतसमेत हुन सक्छन् ।’ पछिल्ला दिन रुसले युक्रेनमाथिको आक्रमणलाई तिव्रता दिँदै गएको छ । रुसी आक्रमणको संसारभर आलोचना समेत सुरु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप