मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई आगन्तुक रिसोर्टमा छुट

सोमबार, १६ फागुन २०७८, १३ : ४३
सोमबार, १६ फागुन २०७८

एभरेष्ट बैंक र आगन्तुक रिसोर्टबीच बैंकका कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ताहरू र बैंकका कर्मचारीहरूलाई रिसोर्टमा छुट दिने सहमति भएको छ । आवासमा २३ र खाना र पेय पदार्थमा १४ प्रतिशत छुट दिने सम्झौता भएको बैंकले जानकारी दिएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङ र रिसोर्टका बोर्ड कोर्डिनेटर कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका हुन् । एभरेष्ट बैंकले हालसम्म देशभर ११३ शाखा, ३१ राजस्व संकलन काउन्टर, १४६ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप