सिमिओनी भित्र्याउन युनाइटेडलाई किनको सुझाव
रोय किनले म्यानचेस्टर युनाइटेडलाई डिएगो सिमिओनीलाई नयाँ म्यानेजरको रुपमा भित्र्याउन सुझाव दिएका छन् । सन् २०२१–२२ मा खराब सुरुवात गरेपछि युनाइटेडले आफ्नो पूर्णकालिन म्यानेजर ओली गनर सोल्कसायरलाई गत नोभेम्बरमा बर्खास्त गरेको थियो ।
हाल राल्फ राङ्गनिकलाई अन्तरिम म्यानेजरका रुपमा अनुबन्ध गरेको छ । क्लबले सिजनको अन्त्यमा नयाँ प्रशिक्षक ल्याउने तयारी गरेको छ । यसका लागि सिमिओनी सही विकल्प हुने किनको भनाइ छ ।
ओल्ड ट्राफोडमा अर्को सिजन प्रशिक्षकका रुपमा कसलाई देख्न चाहन्छु भन्ने द ओभरल्याप लाइभको प्रश्नमा किन भन्छन्, ‘साद सिमिओनी, उनको व्यक्तित्व सही छ । एथ्लेटिकोसँग उनको खराब दौर चलिरहेको छ । सायद एथ्लेटिकोसँगको उनको यात्रा यति मात्र थियो होला ।’
पछिल्लो एक दशक एथ्लेटिकोमा बिताएका उनले क्लबमा ६ वटा उपाधि दिलाएका छन् । यसमा उनले टोलीलाई दुईपटक च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत–पाकिस्तान तनाव सेलाउन नपाउँदै इङ्ल्यान्ड–अफगानिस्तानबिच विवाद सुरु
-
धान बाली : क्षेत्रफल घट्दै गए पनि उत्पादन बढ्दो
-
कम्युनिस्ट पार्टीको बैठकमा गाडीको लाम, तस्बिरहरू
-
मधेस प्रदेशसभाको चौथो अधिवेशन आजदेखि, दुई वटा कार्यसूची तय
-
भूकम्पपछि चीनद्वारा सगरमाथा अवलोकन क्षेत्र बन्द
-
युक्रेनी सहर कब्जा गरेको रुसको दाबी, के भन्छ युक्रेन ?