महाशिवरात्रिको पूर्वसन्ध्यामा कलश शोभायात्रा
सोमबार, १६ फागुन २०७८, १२ : ५५

महाशिवरात्रिको पूर्वसन्ध्यामा आज बिहान महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरबाट कलश शोभा यात्रा निकालिएको छ । जलेश्वरनाथ पूजा समारोह समितिको आयोजनामा उक्त मन्दिरबाट बाजागाजा, झाँकीसहितको जुलुसले कलश शोभायात्रा गर्दै शङ्करचोक, दुर्गाचोक, अस्पतालचोक, बुद्धिजीवीचोक र जिरोमाइलचोकसहित नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।
यात्रामा स्थानीय राजनीतिकर्मी, नागरिक समाज, व्यापारी, बुद्धिजीवी, विद्यार्थी, शिक्षक, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो । कलश शोभा यात्रामा भूत, बैताल, शङ्कर, पार्वती, गणेशलगायतका आकृतिको झाँकी पनि प्रस्तुत गरिएको थियो । महाशिवरात्रिको अवसरमा प्रत्येक वर्ष कलश शोभायात्रा निकालिने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा नेकपा माओवादी केन्द्रले माग्यो प्रधानमन्त्रीको राजीनामा
-
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, नेपालबाट २११ जना उडे
-
पूर्वराजालाई वामदेवको चेतावनी : ब्रिटेन र फ्रान्सको घटना दोहोरिन सक्छ
-
मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको ताकेता
-
लेबननको सान्त्वना जित, दोस्रो खेलमा बलियो म्यानमारसँग भिड्दै नेपाल
-
प्रधानमन्त्री ओली भारत भ्रमणको निमन्त्रणाको पर्खाइमा हुनुहुन्छ : परराष्ट्रमन्त्री राणा