शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

८ अर्ब बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक

सोमबार, १६ फागुन २०७८, १२ : ३२
सोमबार, १६ फागुन २०७८

नेपाल राष्ट्र बैंकले मंगलबार ८ करोड १३ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दैछ । बैंकले २८ दिने र ९१ दिने गरी दुई किसिमका कुल ८ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको हो ।  बैंकका अनुसार २८ दिनका लागि ५ करोड र ९१ दिनका लागि ३ करोड १३ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल छुट्याइएको छ ।

इच्छुक लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, व्यक्तिगत लगानीकर्ता तथा संस्थाहरुलाई बिल खरिदका लागि बैंकले आह्वान गरेको छ । इच्छुक लगानीकर्ताहरूले आज अर्थात् सोमबार दिउँसो ३ बजेसम्म बिल खरिदका लागि दरखास्त हाल्ने सक्नेछन् । 

खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट बाँडफाँड हुने ट्रेजरी बिलका लागि अधिकतम ८५ प्रतिशत प्रतिस्पर्धात्मकबाटै र १५ प्रतिशत भने विना प्रतिस्पर्धा वितरण गरिने बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप