सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

एमसीसीबारेको व्याख्यात्मक घोषणा अस्वीकार्य : चित्रबहादुर केसी

सोमबार, १६ फागुन २०७८, ११ : २८
सोमबार, १६ फागुन २०७८

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसीबारेको व्याख्यात्मक घोषणा अस्वीकार्य रहेको बताएका छन् । केही सञ्चारमाध्यममा आफूले सो घोषणालाई सकारात्मक बताएको’ भनि आएको समाचारप्रति उनले असन्तुष्टि समेत जनाएको छ । 

‘एमसीसी सम्झौताको व्याख्यात्मक प्रस्तावलाई सकारात्मक भनेर कुनै पनि प्रकारको विचार मैले प्रकट गरेको छैन’, उनले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ एमसीसीका विरुद्ध राष्ट्रिय जनमोर्चाले शुरुदेखि नै विरोध तथा संघर्ष गर्दै आएको कुरा सबैलाई जगजाहेर नै छ ।’

उनले आइतबार संसदभित्र समेत राष्ट्रिय जनमोर्चाका सांसदले एमसीसी सम्झौता र राष्ट्रलाई गुमराहमा पार्न ल्याइएको सम्झौताको व्याख्यात्मक प्रस्तावको कडा विरोध गरेको उल्लेख गर्दै त्यसको विपक्षमा नै मतदान गरेको स्पष्ट गरेका छन् ।  उनले एमसीसी र  व्याख्यात्मक प्रस्तावको आफू र पार्टी दृढरुपमा विरुद्धमा रहेको प्रष्ट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप