फागुन १५ गते एक अन्धकार दिनमा दर्ज भयो : गोपाल किराँती

माओवादी कम्युनिस्ट पार्टीका संरक्षक गोपाल किराँतीले फागुन १५ गतेको दिनलाई एक अन्धकार दिनका रुपमा टिप्पणी गरेका छन् । सोमबार विज्ञप्तिमार्फत किराँतीले आइतबारको प्रतिनिधिसभाबाट पारित भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विरोध गर्दै यस्तो टिप्पणी गरेका हुन् । ‘फागुन १५ गते नेपालको इतिहासमा दोश्रो सुगौली सन्धि थोपरिएको एक अन्धकार दिनमा दर्ज भएको छ ।
त्यस दिन साम्राज्यवादी इन्डो–प्यासिफिक सैन्य रणनीतिको एमसीसी सम्झौता संसदद्वारा अनुमोदन गरेर घोषित दलाल पुँजीवादी कांग्रेसको नेतृत्वमा खुलेआम देशद्रोहको अपराध गरियो’, उनले विज्ञप्तिमा भनेका छन्, ‘एमाले गुटको सरकारले संसदमा पु¥याएको त्यस सम्झौतालाई तथाकथित व्याख्यात्मक टिप्पणीको प्रपञ्चद्धारा अनुमोदन गराउने मतियार प्रचण्ड र माधव कुमार नेपाल बनेका छन् । अपार देशभक्त जनमत, बौद्धिकवर्ग र केही सांसदहरुको सशक्त आपत्तिलाई कुल्चदै एमसीसी सम्झौता अनुमोदन गर्ने संसद सर्वाङ्ग देशद्रोही संसदमा परिणत भएको छ ।’
उनले आफ्नो पार्टीले उठाएको देशभक्तिपूर्ण समाजवादी गणराज्यको आन्दोलन अब नेपाली क्रान्तिको ठोस कार्यभार बन्न आएको पनि जिकिर गरेका छन् । उनले अमेरिकाको हस्तक्षेप विरुद्ध गम्भीर प्रतिकृया जनाएको चीनलाई धन्यवाद समेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा वर्षाले राहत, तस्बिरहरू
-
खाजा खाने क्रममा चट्याङ लागेर दूधकुमारको घटनास्थलमै मृत्यु
-
अलपत्र काठमाडौँ भ्युटावर, तस्बिरहरू
-
च्याम्पियन्स लिग फुटबल : रियलविरुद्ध गोल गरेपछि रोनाल्डो र नेमारको हाराहारीमा आर्सनलका राइसले
-
गण्डकीको हिउँदे अधिवेशन सकियो, लोकल रक्सी ब्राण्डिङ गर्ने सहित १० विधेयक ‘टेबुल’
-
च्यासलमा रग्बीको भिडन्त, तस्बिरहरू