मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

जमलबाट  क्रान्तिकारी माओवादीका दुईजना नेता पक्राउ

सोमबार, १६ फागुन २०७८, ११ : ०८
सोमबार, १६ फागुन २०७८

काठमाडौंको जमलस्थित कमलाक्षीबाट प्रहरीले दुईजना बन्दकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)को बागमती प्रदेश सचिव सुरेश श्रेष्ठ र सदस्य सर्जित बज्राचार्य छन् ।

असन र कमलाक्षी क्षेत्रमा पसल बन्द गराउँदै हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । उनीहरुलाई महानगरीय प्रहरी वृत दरबारमार्गमा राखिएको छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार बन्दको आह्वान गरेका हुन् । बन्द गराउँदै हिँडेका १० जनालाई प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरका अनुसार नयाँ बसपार्कबाट ४ जना, चावहिलबाट १ जना, जमलबाट २ जना र स्वयम्भूको कारखाना चोकबाट १ जना पक्राउ परेका हुन् ।

ललितपुरको ठेचो, काठमाडौं जडिबुटीमा र बालाजुमा बन्दकर्ताले बालेको टायर प्रहरीले हटाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप