पौराणिक कथा : अनुसूयाको परीक्षा
आफूहरूभन्दा अनुसूया ठूली सती नारी हुन् भनेको सुन्दा त्रिदेवी (सावित्री, लक्ष्मी र पार्वती) ले सहन सकेनन् । आफूहरूभन्दा ठूला सती नारी संसारमा कोही छैन भन्ने उनीहरूको घमन्ड थियो तर यहाँ आफूभन्दा ठूलो स्थान त्यो पनि मानिसले लिएको खबरले उनीहरूलाई असैह्य बनायो । त्यसैले त्रिदेव अर्थात् आ–आफ्ना पति ब्रह्मा, विष्णु र महेश्वरलाई घुक्र्याउन लागे । गृहलक्ष्मीका त्यस्तो अवस्था देखेर त्रिदेवले आश्चर्यमान्दै सोधे–
‘आज के भएको तिमीहरूलाई ? सदा त यस्ता थिएनौ । आउनासाथ हालखबर सोध्ने गथ्र्यौ । आज त बोल्नसमेत गाह्रो मानिरहेका छौ । भन कहाँ के भयो ? सकेको सहयोग गर्नेछौँ ।’
त्रिदेवको कुरा सुनेर त्रिदेवीमा केही आशा पलायो र घुर्कीकै भाषामा भने–
‘मान्ने भए मात्र भन्छौँ । अन्यथा भन्नुको के अर्थ रह्यो र ।’
‘होइन देवी ! त्यसो नभन ।’ त्रिदेवले सम्झाउँदै भने–
‘अहिलेसम्म तिमीहरूले भनेको के मानेको छैनौँ र त्यस्तो कुरा गरिरहेका छौ । हामीले वचन दिसकेका छौँ, सकेको सहयोग पाउनेछौ । पतिले भनेको पत्नीले नमान्ने र पत्नीले भनेको पतिले नमान्ने हो भने पतिपत्नी हुनुकोे नै के अर्थ रह्यो र । विवाहपछि पतिपत्नीको शरीर अलग भए पनि आत्मा एउटै हुन्छ । एउटाको खुसीमा अर्को खुसी हुनपुग्छ । एउटालाई चोट लाग्दा अर्कोलाई दुःखिरहेको हुन्छ ।’
बल्ल त्रिदेवीको मुख उज्यालो भयो । उनीहरूले समस्याको गाँठो फुकाउँदै भने–
‘हामीलाई अनुसूया नामकी मानवीले चुनौती दिरहेकी छे । एउटी सामान्य मानिस भएर हामीलाई चुनौती दिने त्यो को हो ? कि हामी छैनौँ कि ऊ छैन । यसको छिनोफानो हुनैपर्छ । त्यसैले अहिले नै गएर त्यसको घमन्ड चूर गरेर आउन आग्रह गर्छौँ । हाम्रो अन्तिम निर्णय यही हो ।’
त्रिदेवीको कुरा सुनेर त्रिदेव छक्क परे । त्रिदेवीमा पलाएको घमन्डको नतीजा राम्रो हुन्न भन्ने उनीहरूलाई थाहा थियो । त्यसैले सम्झाउँदै भने–
‘होइन देवी ! त्यसो नभन । ठूली भइन् त भइन् के फरक पर्छ र । उनी मत्र्यमण्डलमा छिन् तिमीहरू स्वर्गमा । यसै पनि स्थान र मान भन्ने क्षणिक हो । कतिबेला आउँछ कतिबेला जान्छ पत्तै हुँदैन । यदि कसैले कर्मद्वारा कुनै स्थान पाएका छन् भने सबैले त्यसको सम्मान गर्नैपर्छ । होइन भने घोर विपत्ती निम्तिन सक्छ ।’
‘होइन, होइन ।’ त्रिदेवीले एकै सासमा भने–
‘तलमाथि केही सुन्न चाहदैनौँ । तपाईँहरूले आजै उसको घमन्ड तोड्नैपर्छ । होइन भने यति बुझ्नोस्, हामीलाई अर्धाङ्गिनीसम्म भन्नसम्म पाउनुहुने छैन ।’
त्रिदेवीको कुरा सुनेर त्रिदेव हैरान भए । विपत्तीकाले विपरीत बुद्धि भन्छन् । त्रिदेवीलाई पनि त्यस्तै भएको थियो । त्यसैले ‘हुनेहार दैव नटार’ भन्दै त्रिदेव जोगीको भेषमा अनुसूयाको आश्रममा गएर अलक जगाए । माता अनुसूया थालीमा भीक्षा लिएर आइन् तर त्रिदेवले नाङ्गो भएर भीक्षा दिनुपर्छ भन्ने अत्तो थापे । अनुसूया पनि के कम थिइन् र त्रिदेवले छल गर्दैछन् भन्ने बुझी हालिन् । त्यसैले दिनेले नाङ्गो भएर दिनुपर्ने भए लिनेले बालक बन्नुपर्छ भन्ने शर्त सुनाइन् । शर्त हारेपछि त्रिदेव बालक बनेर रुन लागे । माता अनुसूया काखमा लिएर स्तनपान गराउन लागिन् ।
अनुसूयाकहाँ गएका त्रिदेव लामो समयसम्म नफर्केपछि त्रिदेवीलाई चिन्ता प¥यो । सर्वत्र खोजखबर गरे तर पत्तो लागेन । उनीहरूलाई अहिले आएर गल्ती गरिएछ कि क्या हो जस्तो लाग्यो तर बेला घर्किसकेको थियो ।
‘माता ! ठूलै चिन्तामा पर्नुभए जस्तो छ नि ?’ त्रिदेवीलाई चिन्तित देखेर नारदले आएर भने–
‘द्विविधामा परेँ माता ! खुसी मानौँ कि विस्मात् ?’
‘भन नारद के भन्न खोजेका हौ ?’ त्रिदेवीको प्रतिनिधित्व गर्दै पार्वतीले भनिन्–
‘हामी यहाँ चिन्तामा छौँ, तिमी भने ठट्टा गरिरहेका छौ । प्रष्ट भन तिम्रो आशय के हो ?’
‘केही होइन माता ! त्रिदेवीको दर्शन गरौँ भनेर आएको थिएँ । तीनवटै मातालाई एकै स्थानमा पाएर खुसी छु ।’
‘अनि विस्मात् ?’
‘यही कि तीनवटै मातालाई चिन्तित देखेको छु ।’
‘ठीकै भन्यौ ठूलै चिन्तामा छौँ ।’
‘हुँ ।’ मुख बङ्ग्याउँदै नारदले भने–
‘अनर्थ, अनर्थ, घोेर अनर्थ तर यस्तो बेला त्रिदेवलार्ई देख्दिँन नि ? कतै .....?’
‘हो नारद ! तिमीले ठीकै अनुमान लगायौ, कारण हामी नै ।’
‘खोजखबर गर्नुभएन ?’
‘गरेका त हौ, पार लागेन । बरू तिमीले पो कतै देखेका थियौ कि ?’
‘के भनौँ माता ! देखेको छु भनौँ कि छैन भनौँ ।’
‘के कुरा हो त्यस्तो ?’ माता लक्ष्मीले रिसाउँदै भनिन्–
‘हामी यहाँ कति चिन्तित छौँ तिमी भने...। यस्तो पनि हुन्छ ?’
‘हुन्छ होइन माता ! भयो ।’
‘प्रष्ट भन के भन्न खोजेका हौ ।’
‘यही कि देखेको त छु तर भन्न असमर्थ छु ।’
‘पुत्र हुँ पनि भन्छौ, बाङ्गो कुरा पनि गर्छौ ?’
‘बाङ्गो होइन माता ! कुरै त्यस्तै छ तर देख्ने उपाय भने बताउन सक्छु ।’
‘चाडै भन उपाय के हो त्यस्तो ।’
‘यही कि आफैँले ध्यान दृष्टिले हेर्नुपर्छ ।’
यति भनेर नारदजी हिँडे । त्रिदेवीले ध्यान दृष्टि लगाए । त्यसपछि पो थाहा पाए त्रिदेव त बालक बनेर माता अनुसूयाको झोलुङ्गोमा रोइरहेका छन् । बल्ल उनीहरूको होस ठेगानमा आयो ।
त्यसपछि उनीहरू हतार हतार अनुसूयाको आश्रममा पुगेर क्षमा माग्दै आफ्नाआफ्ना पतिहरूलाई फिर्ता मागे । अनुसूयाले एक चम्चा पानी के छर्केकी थिइन् त्रिदेव हाइ गर्दै उठे । त्यसपछि उनीहरू अनुसूयालाई आशीर्वाद दिएर आफ्ना लोकतिर लागे ।
यस व्यासकथामा केकति सत्यता छ त्यो त थाहा छैन तर घमन्ड र अहङ्कारको नतीजा जहाँ पनि यस्तै हुन्छ भन्ने कुरा भने सबैलाई थाहा भएको कुरा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि अनिश्चित बन्यो सुनिता र बुच पृथ्वीमा फर्किने मिति
-
आगलागीमा परी १० लाख बढीको क्षति
-
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’
-
युक्रेनी युद्धमा कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर