सुन्धारामा सार्वजनिक सवारी तोडफोड
सोमबार, १६ फागुन २०७८, १० : २०

बन्दकर्ताले सुन्धारास्थित काठमाडौं मल अगाडी सार्वजनिक गाडीमा तोडफोड गरेका छन् । नेपाल बन्द आयोजना गर्नेहरुले ढुंगा हानेर दक्षिणकाली चोभार यातायातको गाडी तोडफोड गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । मोटरसाइकलमा आएकाहरूले गाडीमा ढुंगा हानेर भागेका थिए । ढुंगा प्रहारबाट बा३ख ११५८ नम्बरको बसमा सामान्य क्षति पुगेको छ ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार बन्दको आह्वान गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बढ्यो कोशी प्रदेशको आम्दानी, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख
-
आइतबारदेखि काठमाडौँ उपत्यकाको तापक्रम घट्ने
-
महाभूकम्पको १० वर्षमा यस्तो बन्यो वसन्तपुर क्षेत्र (तस्बिरहरू)
-
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
-
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने, के के छन् कार्यसूचीमा ?