कैलाली र कञ्चनपुरमा बन्दको प्रभाव कस्तो छ ?
![कैलाली र कञ्चनपुरमा बन्दको प्रभाव कस्तो छ ?](https://rpcdn.ratopati.com/media/albums/kanchanpur_fCmqrfHe6g.jpg)
एमसीसी पास गरेको विरोधमा ६ वटा दल र २ वटा मोर्चाले गरेको नेपाल बन्दको प्रभाव कैलाली र कञ्चनपुरमा सामान्य रहेको प्रहरीले जनाएको छ । बन्दका कारण शैक्षिक संस्था तथा सार्वजनिक यातायातका साधन सुचारु भएका छैनन् । तर, हिजो छुटेर जिल्ला भित्रिने क्रममा रहेका लामो दूरीका सवारीलाई भने चल्न दिइएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीमा रिक्सा, मोटरसाईकल लगायत साना सवारी सञ्चालन भइरहेका छन् । मुख्य बजार क्षेत्र बन्द रहेपनि शाखा बजार खुला रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले बताए ।
उनका अनुसार बन्दकर्ताले आज लामो दूरीका सवारीसाधन, विद्यालय-कलेज, बजार व्यवसाय बन्द गर्न आह्वान गरेका छन् भने परीक्षा तथा अत्यावश्यक सेवाका गाडी भने चल्न दिने बताएका छन् । देशका विभिन्न स्थानबाट हिजो नै छुटेका सवारी साधनलाई सम्बन्धित स्थानमा पुग्न दिइएको उनले बताए । त्यसका लागि मुख्य राजमार्गमा सुरक्षाकर्मी परिचालन समेत गरिएको उनले बताए ।
कञ्चनपुरमा पनि बन्दका कारण शैक्षिक संस्था र लामो तथा छोटो दूरीका सवारी साधन बन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार कञ्चनपुरमा अटो रिक्सा, मोटरसाइकल सुचारु छन् भने केही निजी ठूला सवारी समेत सञ्चालन भइरहेका छन् । मुख्य बजारबाहेक भित्री बजार भने बन्द नरहेको प्रहरी निरीक्षक बमले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का