काँग्रेस मकवानपुरमा नयाँ नेतृत्वका लागि तीन जनाबीच भिडन्त
नेपाली काँग्रेस मकवानपुरको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान हुँदैछ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबारबाट सुरु भएको जिल्ला अधिवेशनमा आज सोमबार मतदानको कार्यक्रम तय गरिएको छ ।
मतदान बिहान ८ बजेबाट सुरु हुने कार्यतालिका रहेको थियो । तर, मतदान स्थलमा आवश्यक व्यवस्थापन र नेपाल बन्दको प्रभावका कारण केही समय ढिला गरेर मतदानको कार्यक्रम संचालन गर्ने तयारी भइरहेको निर्वाचन अधिकृत गोपि शर्मा सुवेदीले जानकारी दिए । उनका अनुसार मतदानमा जिल्लाका १०२ जना वडा सभापति, क्षेत्रीय सभापति तथा प्रतिनिधि र बुथ प्रतिनिधि गरी करिव १ हजार ९ सय जना मतदाता सहभागि रहने छन् ।
सभापतिमा ३ जनाको उम्मेदवारी
काँग्रेस मकवानपुरको नेतृत्वको लागि सभापति पदमा ३ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृत सुवेदीका अनुसार अधिवेशन अन्तर्गत आइतबार बिहानबाट मनोनयन दर्ताको कार्यक्रम रहेको थियो भने आइताबार राति नै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिएको र काँग्रेस मकवानपुरको नेतृत्वको लागि सभापति पदमा ३ जनाले उम्मेदवारी दिएका छन् ।
सभापति पदमा हालका पार्टी सचिव बुद्ध लामा, निवर्तमान हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली र जिल्ला समितिका सल्लाहकार जयराम लामिछानेले सभापति पदमा मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
काँग्रेस मकवानपुरको नेतृत्व सर्वसम्मत रुपमा छनौटका लागि आइतबार बिहानसम्म चलेको छलफल निष्कर्षविहीन बनेपछि निर्वाचनबाट नेतृत्व छान्ने प्रक्रिया सुरु भएको थियो । काँग्रेस मकवानपुरको नेतृत्वको लागि संस्थापन पक्षबाटै २ र संस्थापन इतर पक्षबाट एक जनाको उम्मेदवारी परेको छ ।
संस्थापन पक्षबाट लामा र पराजुली उम्मेदवार छन् भने संस्थापन इतर पक्षबाट लामिछाने उम्मेदवार रहेका छन् । त्यस्तै काँग्रेस मकवानपुरको २ उपसभापति पदका लागि ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने २ सचिव पदका लागि ६ र २ सहसचिव पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन् ।
८ जना सदस्य निर्विरोध
काँग्रेस मकवानपुरको अधिवेशनबाट जिल्ला कार्यसमिति सदस्यमा ८ जना निर्विरोध निर्वाचित भएका छन् । चुनावी प्रकृया अन्तर्गत हिजो आइतबार भएको मनोनयन दर्तापछि जिल्ला कार्यसमिति सदस्यमा ८ जना निर्विरोध निर्वाचित भएका हुन् । यद्यपि यसको आधिकारिक घोषणा हुन भने बाँकी रहको छ ।
निर्विरोध निर्वाचित हुनेमा दलित तर्फको सदस्य डम्बर बहादुर विक, थाहा नगरपालिका महिला तर्फको सदस्य सुनमाया भोम्जन, मकवानपुरगढी गाउँपालिकाको महिलातर्फको सदस्य भीमकुमारी न्यौपाने, ईन्द्रसरोवर गाउँपालिकाको महिला तर्फको सदस्य निर्मला रुम्ब, र खुलातर्फको सदस्य बिष्णुकुमार कार्की निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै निर्विरोध निर्वाचित हुनेमा राक्सिराङ गाउँपालिकाको महिलातर्फको सदस्य बच्चीमाया नेगी, बागमती गाउँपालिकाको खुलातर्फको सदस्य शेरबहादुर राना मगर ‘क्षितिज’ र बकैया गाउँपालिकाको खुल्लातर्फको सदस्य सेतेमान बल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या