शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरद्वारा छात्रवृत्ति वितरण

सोमबार, १६ फागुन २०७८, ०८ : ५४
सोमबार, १६ फागुन २०७८

भरतपुर महानगरपालिकाले महानगरभित्रका ६९२ विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरेको छ । महानगरभित्रका ६७  विद्यालयका कक्षा १ देखि ८ सम्मका लोपोन्मुख तथा सीमान्तकृत बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको हो ।
 
महानगरले एक जना विद्यार्थीलाई रु तीन हजारका दरले रु २० लाख ७६ हजार नगद रकम छात्रवृत्ति वितरण गरेको हो । महानगरको शैक्षिक प्रशासन महाशाखाले ११ विद्यालयका २४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले ती विद्यालयका २४० विद्यार्थीलाई सो रकम हस्तान्तरण गरेकी हुन् । लोपोन्मुख तथा अति सीमान्तकृत समुदायका बालबालिकाको शैक्षिक विकासमा सहजता होस् भन्ने उद्देश्यका साथ महानगरले पहिलोपटक नगद छात्रवृत्ति प्रदान गरेको हो ।
 
महानगरको कूल बजेटबाट १५ प्रतिशत रकम शिक्षामा लगानी गरेको शिक्षा शाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिए । विद्यालयको भैतिक पूर्वाधार विकास, पाठ्य सामग्रीको प्रवद्र्धनदेखि विद्यार्थीका लागि छात्रवृत्ति, दिवा खाजा कार्यक्रम, स्कुल बस वितरण, साइकल वितरणलगायत अरु धेरै भौतिक तथा आर्थिक सहयोग गरेको उनले बताए ।

आफूहरुले महानगरभित्रको शिक्षाको विकासमा सुरुका चरणदेखि नै विशेष अभियान थालेको र त्यसले विस्तारै पूर्णत पाउँदै गएको उपप्रमुख शाहले बताइन् । छात्रवृत्ति वितरण गर्न बाँकी विद्यालयका विद्यार्थीका लागि प्रदान गरिने रकम बैंकमार्फत विद्यालयको खातामा पठाएको महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप