काठमाडौँमा यस्तो देखियो बन्दको प्रभाव
सोमबार, १६ फागुन २०७८, ०८ : ५०
एमसीसीको विरोधमा रहेका विप्लव नेतृत्वको नेकपासहितका ६ दलको बन्दको प्रभाव काठमाडौं उपत्यकामा सामान्य परेको छ । यातायातका साधनहरु सहजरुपमा चलेका छन् । तर, विद्यालयको पठनपाठन भने प्रभावित भएका छन् । कतिपय विद्यालयहरुले आज पठनपाठन हुन नसक्ने भन्दै अभिभावकलाई सूचना पठाएका छन् ।
बन्द गराउन हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दकर्ताहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड भएको प्रहरीले जनाएको छ । सडकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईक्यूब इलेक्ट्रिक स्कुटरमा लाइफ टाइम ब्याट्री अस्योरेन्स, मूल्य २ लाख ९९ हजार
-
नोट १३ सिरिजका नयाँ वर्ष अफर अझै जारी
-
जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक छ: मन्त्री बस्नेत
-
गोरखा भूकम्पको ९ वर्ष पूरा, जोखिम उस्तै
-
गोरखा भूकम्प : सुलीकोट गाउँपालिकामा आज सार्वजनिक बिदा
-
टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विधेयकलाई पारित