शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

धनुषा एमालेमा आजको बैठकबारे अध्यक्ष र सचिवबीच विवाद

सोमबार, १६ फागुन २०७८, ०८ : २९
सोमबार, १६ फागुन २०७८

नेकपा एमाले धनुषाको विवाद सतहमा आएको छ । जिल्ला अध्यक्ष र सचिवले भिन्न भिन्नै विज्ञप्ति जारी गरेपछि एमाले धनुषाभित्रको विवाद सतहमा आएको हो । पूर्वनिर्धारित जिल्ला अधिवेशनका लागि तयारी बैठक सोमबार बस्ने भनिए पनि अन्तिम समयमा अध्यक्ष राजकिशोर यादवले स्थगित गरे । त्यसपछि सचिव तेज नारायण यादवले भने बैठक स्थगित नभएको भन्दै विज्ञप्ति जारी गरे ।

अध्यक्ष यादवले धनुषामा केही पालिका र वडामा  बाँकी रहेको अधिवेशन सम्पन्न गर्नका लागि बैठक स्थगित गरिएको बताएका छन् । तर जिल्ला सचिव यादवले भने बैठक स्थगितबारे भ्रम फैलाइएको जनाए ।

सचिव यादवले अध्यक्ष राजकिशोरले जारी गरेको विज्ञप्तिलाई काउन्टर दिँदै जिल्ला समितिका सबै सदस्यलाई सोमबार बिहान ११ बजेको बैठकमा उपस्थित हुन निर्देशन दिएका छन् । 

अध्यक्ष यादवले सोमबार हुने भनिएको जिल्ला अधिवेशन तयारी बैठक अनिश्चितकालीन स्थगित भएको विज्ञप्ति जारी गरेपछि सचिव यादवले यस्तो विज्ञप्ति निकालेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप