श्रीलंकाविरुद्ध भारतको ‘क्लिन स्वीप'
सोमबार, १६ फागुन २०७८, ०७ : ०७
भारतले श्रीलंकाविरुद्धको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखलामा ‘क्लिन स्वीप' गरेको छ । आइतबार राति धर्मशालामा भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै भारतले आफ्नो प्रभाव जमाएको हो ।
१४७ रनको लक्ष्य भारतले १५ ओभर पाँच बलमा चार विकेट गुमाएर पूरा गर्याे । भारतका श्रेयस ऐरले सर्वाधिक ७३ रन बनाए । रविन्द्र जडेजा २२, दिपक होडाले २१, र सन्जु सामसनले १८ रनको योगदान गरे । श्रीलंकाका लाहिरु कुमाराले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा पाँच विकेट गुमाएर १४६ रनको योगफल तयार पार्‍याे ।
श्रीलंकाका लागि कप्तान डसुन सनकाले सर्वाधिक ७४ रन तथा दिनेश चण्डीमालले २२ र चामिका करुनारत्नेले १२ रनको योगदान गरे। भारतका आभेस खानले २ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या