शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

काराबाओ कपको उपाधी लिभरपुललाई

सोमबार, १६ फागुन २०७८, ०६ : ३८
सोमबार, १६ फागुन २०७८

चिरप्रतिद्वन्दी चेल्सीलाई पराजित गत्दै लिभरपुलले काराबाओ कप फुटबलको उपाधि जितेको छ । आइतबार राति  वेम्बली मैदानमा   भएको फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा ११-१० गोल अन्तरले हराउँदै लिभरपुल नवौं पटक च्याम्पियन भएको हो ।  निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयमा कुनै गोल ननिस्किएपछी खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको हो ।

पेनाल्टीमा लिभरपुलका जेम्स मिल्नर, फाबिन्हो, भिर्जिल भान डाइक, ट्रेण्ड आर्नोल्ड, मोहमद सलाह, डिएगो जोटा, डिभोक ओरिगी, एन्डी रोबर्टसन, हार्भे इलियोट, इब्राहिमा कोनाटे र केलिहरले गोल गरे ।

चेल्सीका मार्कोस अलन्सो, रोमेलु लुकाकु, काइ हार्भटेज, रिच जेम्स, जोर्जिन्हो, एन्टोनियो रुडिगर,एन्गोलो कान्टे, टिमो वेर्नेर, थियागो सिल्भा र ट्रेभो चालोबहले गोल गरे ।तर, चेल्सीका गोलकिपर केपा एरिजाबालगा पेनाल्टीमा गोल गर्न चुके ।

लिभरपुलले कीर्तिमानी नवौं पटक काराबाओ कपको उपाधि जितेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप