शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी पास भएपछि बाबुरामले भने- चुनावी लाभ लिने अवसरवादी प्रवृत्ति अन्त्य होस्

सोमबार, १६ फागुन २०७८, ०६ : ३४
सोमबार, १६ फागुन २०७८

नसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एमसीसी पारित हुनु स्वागतयोग्य भएको बताएका छन् । उनले एमसीसी प्रकरणले नेपाली राजनीतिमा बाह्य खतराको भयदोहन गरेर चुनावी लाभ लिने अवसरवादी प्रवृत्ति अन्त्य गरोस् भन्ने कामना पनि गरेका छन् । 

ट्वीटरमा उनले भनेका छन्, ‘विभिन्न नाटकीय घुम्तीहरू पार गर्दै अन्ततः एमसीसी अनुदान सम्झौता संसदबाट पारित हुनु स्वागतयोग्य छ। पिसाब फेरिसकेपछि दैलो देखेका कणहरूले तलसम्म पारेको फोहर सोहोर्न चाहिं मेहनत गर्नैपर्ला ! यो प्रकरणले नेपाली राजनीतिमा बाह्य खतराको भयदोहन गरेर चुनावी लाभ लिने अवसरवादी प्रवृत्ति अन्त्य गरोस् ।’प्रतिनिधिसभामा एमसीसी आइतबार बहुमतले पारित गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप