बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

‘लुम्बिनी अस्पतालको स्तरवृद्धि गर्न प्रदेश सरकार प्रतिवद्ध’

आइतबार, १५ फागुन २०७८, २३ : १३
आइतबार, १५ फागुन २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रादेशिक अस्पतालको भौतिक पूर्वाधारदेखि अन्य सेवा विकास लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । उनले प्रदेश सरकारको गौरवको अस्पतालको रुपमा विकास गर्नको लागि  आवश्यक बजेटदेखि अन्य काम गरिरहेको बताए ।

लुम्बिनी प्रादेशिक अस्पताल १ सय १२ वर्षमा प्रवेश अवसरमा आज  भएको कार्यक्रममा सम्बोधन गर्दै  अबको ५ वर्षभित्रमा अस्पतालले प्रदान गर्ने विशेषज्ञ सेवा अन्तर्राष्ट्रियस्तरको रुपमा बिस्तार गरिने बताए ।

अस्पतालको विकासका लागि ५ खर्ब ९९ करोड लागतको गुरुयोजना तयार गरेर टेण्डर प्रक्रिया सुरु गरिएको बताउँदै उपचारको लागि भारत तथा तेश्रो मुलुक जानुपर्ने समस्याको हल  गर्ने बताए । उनले अबको पाँच वर्षभित्रमा अस्पतालले स्तरीय विशेषज्ञ सेवा प्रदान गर्ने दाबी  गरे ।

  आज नै मुख्यमन्त्री केसीले अस्पतालको ४० वेडको आईसीयू कक्ष र ५० वेडको मेडिकल वार्डको पनि उद्घाटन  गरेका छन् । वार्षिक उत्सवका अवसरमा आयोजना गरिएका साताव्यापी कार्यक्रमहरु सकिएसंगै आइतबार मूल समारोहका आयोजना गरिएको हो  ।

अस्पतालका मेडिकल सुपेरिटेण्डेन डा. इन्द्र ढकालले पछिल्लो समय पेइङ क्लिनिक, क्यान्सर उपचार, वीमाको प्रभावकारी कार्यान्वयन, कोभिड विशेष अस्पताल संचालन गरिरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप