शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बहराइनबाट राहदानीको लाइभ इनोल्मेन्ट शुरुवात

आइतबार, १५ फागुन २०७८, २२ : ४७
आइतबार, १५ फागुन २०७८

नेपाली राजदूतावास बहराइनस्थित मनामाबाट विद्युतीय राहदानीको लाइभ इनोल्मेन्ट शुरुवात गरिएको छ । यन्त्रवाचक राहदानीको अवधि सकिएर नवीकरणका लागि प्रतिक्षारत रहेकी शर्मिला लिम्बुको आइतबार लाइभ इनोल्मेन्टबाट यो सेवा शुरू भएको दूतावासले जनाएको छ । 

उनी पश्चात श्रीराम खत्रीको समेत आजै लाइभ इन्रोल्मेन्ट भएको छ। लाइभ इनोल्मेन्ट जारी रहेको समयमा राहदानी विभागका महानिर्देशक  डोरनाथ अर्यालले भर्चुअल माध्यमबाट राजदूतावासमा सम्पर्क स्थापना गरेका थिए ।

महानिर्देशक अर्यालले सेवाग्राही लिम्बुलाई बधाई ज्ञापन गर्दै उपकरणहरु पुग्नासाथ विद्युतीय राहदानी तदारुकताका साथ जारी गर्न सफल भएकोमा राजदूतावासका कार्यवाहक राजदूत अरूणा घिसिङ, श्रम सहचारी दामोदर दाहाल, सहचारी सुनिता लकान्द्री तथा राजदूतावासका स्थानीय कर्मचारीहरूमा धन्यवाद ज्ञापन गरे ।

महानिर्देशकले बहराइन स्थित नेपाली राजदूतावासबाट अब विद्युतीय राहदानी मात्र जारी हुने र यन्त्रबाचक राहदानी जारी नहुने कुरा बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप