बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आन्दोलनमा संयमता अपनाएकोमा सुरक्षा निकायलाई गृहमन्त्रीको धन्यवाद

आइतबार, १५ फागुन २०७८, २२ : २९
आइतबार, १५ फागुन २०७८

हमन्त्री बालकृष्ण खाँणले एमसीसीका सम्बन्धमा भएको आन्दोलनमा संयमता अपनाएर सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू र उपत्यकाका सुरक्षा प्रमुखहरूमा धन्यवाद व्यक्त गरेका छन् । 

गृहमन्त्री खाँणले प्रतिनिधि सभाबाट बहुमतले एमसीसी पास भएपछि गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, गृह मन्त्रालयको सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल, काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख अघिकारीहरू क्रमशः गोविन्द रिजाल, घनश्याम उपाध्याय र रुद्रादेवी शर्मा तथा उपत्यकाका सुरक्षा निकायका प्रमुखहरूलाई टेलिफोन गरेर धन्यवाद व्यक्त गरेका हुन् । उनले सुरक्षाकर्मीहरू साथीहरू घाइते हुँदासमेत संयमता अपनाएर सुरक्षा दिने काममा अहोरात्र खटिएकोमा प्रशंसा व्यक्त गरे । 

‘एमसीसीबारे भएको आन्दोलनमा संयमता अपनाएर नागरिकलाई सुरक्षा प्रदान गरेको, आन्दोलनमा आएकाहरू उत्तेजित हुँदासमेत संयम भएर  सुरक्षा दिएकोमा धन्यवाद दिनुभएको हो,’ गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सुरक्षा समन्वय महाशाखाका प्रमुख सहसचिव पोखरेलले बताए । गृहमन्त्री खाँणले आन्दोलनका क्रममा घाइते भएका सुरक्षाकर्मी र आन्दोलनकारीको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप