बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

प्रधानसेनापतिद्वारा ६ जना उत्कृष्ट प्रतिभालाई पुरस्कार

आइतबार, १५ फागुन २०७८, २१ : ४९
आइतबार, १५ फागुन २०७८

प्रधानसेनापति प्रभुराम शर्माले विभिन्न विधामा सङ्गठनभित्रका उत्कृष्ट प्रतिभालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् । सैनिक मुख्यालय  जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उनले सङ्गठनका ६ जना उत्कृष्ट प्रतिभालाई जनही रु ३० हजार नगद र प्रमाणपत्र प्रदान गरेका हुन् ।

सेना दिवसका अवसरमा सङ्गठनभित्रका विभिन्न विधाका प्रतिभावान व्यक्तिलाई पहिचान गरी प्रेरणा प्रदान गर्ने उद्देश्यले प्रतिभावान पहिचान प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा  नृत्यमा नुदराज अधिकारी,  लाइभ म्युजिक र्यापमा विशाल थापा मगर, गायनमा धनजीत राई र राजकुमार आम, पेन्टिङमा युवराज रोक्का र वाद्यवादनतर्फ सरोज परियार उत्कृष्ट घोषित भए ।

प्रतियोगितामा कमाण्ड तथा युनिटबाट विभिन्न विधाका प्रतिभाका २५ प्रतियोगी छनोट गरी पठाएकामा तीमध्ये ११ जनालाई अन्तिम प्रतिस्पर्धा छानिएका हुन् । सो अवसरमा पाँचजना प्रतियोगीलाई सान्त्वना पुरस्कारबापत रु १० हजार नगद र प्रमाणपत्र प्रदान गरियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप