गगन थापाले दिए भीम रावललाई खुला चुनौति
नेपाली काँग्रेसका सांसद गगन थापाले एमसीसीबारे एमाले नेता भीम रावललाई खुला चुनौति दिएका छन् । उनले एमसीसी राष्ट्रघाती भएको बताउने भीम रावलसँगै जहाँसुकै बहस गर्न तयार भएको बताए । उनले नेपालमा एमसीसी ल्याउन भीम रावलको पनि भूमिका भएको भन्दै पानमाथिको ओभानो नबन्न चेतावनी दिए ।
प्रतिनिधिसभा बैठकमा उनले एमसीसीमा हस्ताक्षर गर्ने आफू पनि एक सांसद भएको बताउँदै त्यसमा कुनै राष्ट्रघात भए आफूलाई थानकोट कटाउन पनि चुनौति दिए । ‘एमसीसी राष्ट्रघाती होइन । यहाँ भ्रम फैलाइएको छ । नक्कली राष्ट्रवादीहरुले जनता उचालेका छन् । म असली राष्ट्रवादी हो । देशका लागि मर्न तयार छु’ उनले भने ।
प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको एमसीसीबारेको व्याख्यात्मक टिप्पणीका विषयमा बोल्दै उनले यो राष्ट्रघाती भए पाँच वर्षपछि आफूलाई चारपाटे मोड्न चुनौति दिए । एमसीसीका बारेमा भ्रम छरेर गलत प्रचार गरिएको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय